शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेदरल्याण्डसँग दक्षिण अफ्रीका स्तब्ध, अफ्रीका सेमिफाइनलको दौडबाट बहिरियो

एक्सप्रेस पाना
कार्तिक २०, २०७९ आइतबार
  • 261
    SHARES
  • नेदरल्याण्डसँग दक्षिण अफ्रीका स्तब्ध, अफ्रीका सेमिफाइनलको दौडबाट बहिरियो

    काठमाडौँ । अस्ट्रेलियामा जारी टी२० विश्वकपमा दक्षिण अफ्रीका नेदरल्याण्डससँग स्तब्ध भएको छ । समुह चरणको अन्तिम खेलमा नेदरल्याण्डसले दक्षिण अफ्रिकालाइ १३ रनले पराजित गरेको हो ।

    images

    नेदरल्याण्डसले दिएको १५९ रनको विजयी लक्ष्य पछाएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १४५ रन बनाएको हो ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाउदै १५८ रन बनाएको थियो ।

    images

    नेदरल्याण्डसको उक्त जितसँगै दक्षिण अफ्रीका सेमिफाइनलको दौडबाट बाहिरिएको छ ।

    दक्षिण अफ्रीकाको ५ खेलमा ५ अंक छ र अहिले समुहमा दोस्रो रहे पनि सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ । त्यस्तै नेदरल्याण्डसले खेल जितेपनि सेमिफाइनलको दौडबाट यसअघि नै बाहिरिइसकेको छ । 

    पाकिस्तान र बंगलादेशबीचको विजेता सेमिफाइनलमा पुग्ने छ । यो खेलपछि समुह २ बाट भारत सेमिफाइनलमा पुग्ने निश्चित भएको छ ।
     

    बम

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी२० विश्वकप