काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा लुम्बिनीले प्रदेश एकलाई २९१ रनको विशाल लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग रोजेको लुम्बिनीले देव खानको ८९ रनको अर्धशतकिय इनिंमा २९० रन बनाउन सफल भयो । देवले ९८ बलमा ११ चौकासहित ८९ रनमा रनआउट भए ।
यस्तै आकाश त्रिपाटीले ७१ बलमा ४ चौका र एक छक्कासहित ४५ रनमा आउट भए । सन्दीप रिजाल ४४ रन, विशाल बिक्रम केसी ३३ रन, कृष्ण कार्की ३१ रन, बसिर अहमद १३ रन, भने नरेश नेपालीले ५ रन बनाए ।
यता प्रदेश एकका लागि दिपक जोसीले ४ विकेट लिए । श्रवन यादब २ र लभ कामतको नाममा एक विकेट रह्यो ।



