काठमाडौं । पाकिस्तान अस्ट्रेलियामा जारी आईसिसी टी२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ ।
बंगलादेशले दिएको १२८ रनको लक्ष्य पक्षाएको पाकिस्तानले ५ विकटेको क्षतिमा जित हात पारेको हो ।
पकिस्तानको जितमा मोहम्मद रिजवान ३२ बलमा ३२ रन बनाए । मोहम्मद हरिसले १८ बलमा ३१ रनको योग्दान दिए । यस्तै कप्तान बाबर आजामले ३३ बलमा २५ रनमा आउट भए । शान मसूद २४ रनमा अविजित रहे ।
यता बंगलादेशको लागि नसुम अहमद, कप्तान साकिब अल सहन, मुस्ताफिजुर रहमान र इबादोत हुसेन समान एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन जोड्यो।
बंगलादेशका नाजमुल होसेन सान्तोले ५४, अफिफ होसेनले २४ र सौम्य सरकारले २० रन बनाए। सकिब अल हसनले खाता खोल्न सकेनन् । पाकिस्तानका साहिन शाह अफ्रिदीले चार र सदाब खानले दुई विकेट लिए । ह्यारिस रौफ र इफ्तिखर अहमदले एक एक विकेट हात पारे ।
कुनै समय ७३ रन जोड्दा एक विकेट मात्र गुमाएको बंगलादेश सदाबले लगातार बलमा दुई विकेट लिएपछि एकाएक दबाबमा आएको थियो ।
उक्त जितसँगै पाकिस्तानले समूह २ बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो । पाकिस्तानले ५ खेलमा ६ अंक जोडे र शीर्ष स्थानमा उक्लिएको छ ।
यता पराजित बंगलादेश ४ अंक जोडेर बाहिरिएको छ । यस समूहबाट भारतले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।



