काठमाडौँ । फ्रेन्च लिग वान फुटबलमा पिएसजीले लोरियन्टलाई पराजित गरेको छ । आइतबार भएको खेलमा घरेलु टोली लोरियन्टलाई पाहुना टोली पिएसजीले २-१ गोल अन्तरले पराजित गरेको हो ।
पाहुना टोली पिएसजीको जितमा नेइमारले एक गोल र एक असिस्ट गरेका थिए । त्यस्तै अर्को गोल डानिलो पेरेइराले गरेका थिए । त्यसैगरी लोरियन्टका लागि एक गोल टेरेन मोफीले गरेका थिए ।
यस खेलमा पिएसजीका लागि लियोनेल मेसी भने खेलेका थिएनन् ।
उक्त जितसँगै पिएसजीले १४ खेलमा ३८ अंक भएको छ र शीर्ष स्थानमा कायम रहेको छ । दोस्रो स्थानमा रहेको लेन्सको १४ खेलमा ३३ अंक रहेको छ । यता पराजित लोरियन्टको १४ खेलमा २७ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।
अर्सनलद्वारा चेल्सी घरेलु मैदानमै स्तब्ध
काठमाडौं । घरेलु टोली चेल्सीलाई हाराउँदै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबको शीर्ष स्थानमा फर्किएको छ ।
आइतवार भएको खेलमा पाहुना टोली आर्सनलले घरेलु टोलीमाथि ०१ गोलको रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो ।
आर्सनलको जितमा ब्राजिलियन रक्षक गेब्रिएलले गोल गरे । उनले खेलको ६३औं मिनेटमा साकाको पासमा सुन्दर गोल गरेका थिए । उक्त गोल नै आर्सनलको जितमा निर्णयक बन्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेल त्यसपछि थप गोल नहुँदा आर्सनल विजयी भयो ।
यो जितसँगै आर्सनलले जारी सिजन ११औं जित दर्ता गरेको छ । आर्सनल ३४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । यता पराजित चेल्सीले भने जारी सिजन चौथो हार ब्यहोरेको छ । उसको १३ खेलबाट २१ अंकसहित सातौं स्थानमा यथावत रहेको छ ।



