काठमाडौं । घरेलु टोली चेल्सीलाई हाराउँदै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबको शीर्ष स्थानमा फर्किएको छ ।
आइतवार भएको खेलमा पाहुना टोली आर्सनलले घरेलु टोलीमाथि ०-१ गोलको रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो ।
आर्सनलको जितमा ब्राजिलियन रक्षक गेब्रिएलले गोल गरे । उनले खेलको ६३औं मिनेटमा साकाको पासमा सुन्दर गोल गरेका थिए । उक्त गोल नै आर्सनलको जितमा निर्णयक बन्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेल त्यसपछि थप गोल नहुँदा आर्सनल विजयी भयो ।
यो जितसँगै आर्सनलले जारी सिजन ११औं जित दर्ता गरेको छ । आर्सनल ३४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । यता पराजित चेल्सीले भने जारी सिजन चौथो हार ब्यहोरेको छ । उसको १३ खेलबाट २१ अंकसहित सातौं स्थानमा यथावत रहेको छ ।



