काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग पराजित भएको छ ।
आइतबार भएको खेलमा एस्टन भिल्लासँग म्यानचेस्टर युनाइटेडले ३-१ गोल अन्तरले पराजित भएको हो ।
एस्टन भिल्लाको जितमा लिओन बेली, लुकास डिग्ने र ज्याकब रामसीले १/१ गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि एक गोल भिल्लाकै ज्याकब रामसीले आत्मघाती गोल गरेका थिए ।
उक्त हारसँगै म्यानचेस्टर युनाइटेडले तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । यो यस सिजनमा युनाइटेडको चौथो हार हो ।
यो खेलपछि युनाइटेडको १३ खेलमा २३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा नै रहेको छ । त्यस्तै एस्टन भिल्लाको यो जितपछि १४ खेलमा १५ अंक भएको छ र लिगमा १३औं स्थानमा उक्लिएको छ ।



