शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुदूरपश्चिमको पहिलो जित

एक्सप्रेस पाना
कार्तिक २१, २०७९ सोमबार
  • 278
    SHARES
  • सुदूरपश्चिमको पहिलो जित

    काठमाडौं । काठमाडौंमा जारी पीएम कप क्रिकेटमा सुदूपश्चिम प्रदेशले पहिलो जित निकालेको छ । 

    images

    सोमवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूरले कर्णाली प्रदेशलाई ५ विकेट हराएको हो । 

    कर्णालीले दिएको १५१ रनको लक्ष्य पछाएको सुदूरले २९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । 

    images

    सुदूरको जितमा गजेन्द्र बोहोराले सर्वाधिक ४१ रन बनाए । यस्तै सेर मल्लले अविजित ३४ रन बनाउँदा कप्तान राजु रिजाल २४ मा अविजित रहे । टेक रावल १८, तथा विरेन्द्र नाथले ९ रन बनाए । 

    यता कर्णालीका लागि कप्तान रविन्द्र जंग शाहीले ३ विकेट लिए भने दिवान पुनले २ विकेट हात पारे । 

    त्यस अघि पहिला ब्याटिंग गरेको कर्णाली प्रदेशले ३८.१ ओभरमा १५० रनमा अलआउट भएको थियो । 

    उक्त जितसँगै सुदूरले पहिलो जित निकालेको छ । तर यसअघि नै बाहिरि सकेको सुदूरले २ अंक जोडेको छ । यता पराजित कर्णाली पनि बाहिरिएको छ । 

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट