शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मधेश र बागमतीको खेल टाइ, मधेश सेमिफाइनलमा

एक्सप्रेस पाना
कार्तिक २१, २०७९ सोमबार
  • 277
    SHARES
  • मधेश र बागमतीको खेल टाइ, मधेश सेमिफाइनलमा

    काठमाडौं । काठमाडौंमा जारी पीएम कप क्रिकेटमा बागमती र मधेश प्रदेशबीचको खेल बराबरीमा सकिएको । 

    images

    सोमवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मधेशले दिएको १९१ रनको लक्ष्य पछाएको बागमतीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन मात्रै बनाएपछि खेल टाइ भएको हो ।

    बागमतीका लागि पृथ्यु बास्कोटाले सर्वाधिक ४० रन बनाए । यस्तै रित गौतम ३२, इशान पाण्डे ३१, सुर्य तामांगले २८ र विवेक मगरले २५ रन बनाए । 

    images

    यता मधेशका लागि राजेश यादव र प्रदिपले समान ३, विकेट लिए । यस्तै रुपेस सिंहले २ विकेट र हरिशंकर शाही १ विकेट हात पारे । 

    यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको मधेशले ४६.२ ओभरमा १९० रन बनाउन सक्यो । 

    मधेशका लागि रोहन विकले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिंग खेले । उनले ९४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । यस्तै सन्तोष कार्की २३, राजेश यादवले १६, हरीशंकर शाहले १३, विशाल सुस्लिङले ११ तथा अनिल शाहले १० रन बनाए । 

    यता बागमतीको लागि नन्दन यादव र सुर्य तामाङले समान ३र३ विकेट लिए । यस्तै राम नरेश गिरी र प्रतिस जिसीले २र२ विकेट लिए । 

    उक्त बराबरीसँगै मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । ३ खेलबाट ५ अंकका साथ मधेश दोस्रो स्थानमा रहेको छ । यता बागमतीले १ अंकका साथ प्रतियोगिता सकाएको छ । यो समूहबाट पुलिस सेमिफाइनमा पुगेका छन् । यी दुवै टोलीले समूह चरणको अन्तिम खेलमा भोली प्रतिस्पार्धा गर्नेछ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट