काठमाडौं । यूरोपकै सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियनसिप लिग फुटबल अन्तर्गत नकआउट चरण राउण्ड अफ १६ को ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले सोमबार नकआउट चरणको ’ड्र’ सार्वजनिक गरेको हो ।
सार्वजनिक ’ड्र’ अनुसार साविक विजेता स्पेनिस क्लब रियल मड्रिडले प्रिमियर लिग क्लब लिभरपुलसँग खेल्ने भएको छ । यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले राउण्ड अफ १६ मा जर्मन क्लब बायर्न म्युनिखलाई प्रतिद्वन्दी पाएको छ ।
म्यानचेस्टर सिटीलाई भने जर्मन क्लब आरबी लाइपजितलाई प्रतिद्वन्दी पायो । त्यस्तै प्रिमियर लिग क्लब चेल्सीले राउण्ड अफ १६ मा बोरुसिया डर्टमण्डलाई प्रतिद्वन्दी पाएको छ ।
यता टोटेनहमले इटालियन क्लब एसी मिलान प्रतिद्वन्द्वी पायो । नापोलीले जर्मन क्लब फ्रान्कफुर्टसँग प्रतिस्पर्धा गर्ने भएको छ । त्यस्तै पोर्चुगिज क्लब बेन्फिकाले क्लब ब्रुगको सामना गर्दा इटालियन क्लब इन्टर मिलानले पोर्टोलाई प्रतिद्वन्दी पाएको हो । नकआउट चरणको पहिलो लेग फेब्रुअरी १४,१४,२१ र २२ हुनेछ ।



