शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन : तयारी स्वरुप प्रत्येक क्लबलाई ३२ लाख ५० हजार

एक्सप्रेस पाना
कार्तिक २१, २०७९ सोमबार
  • 294
    SHARES
  • ए डिभिजन : तयारी स्वरुप प्रत्येक क्लबलाई ३२ लाख ५० हजार

    काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि सोमबार ‘ए’ डिभिजन क्लबसँग कार्यशालागोष्टी सम्पन्न गरेको छ ।

    images

    एन्फा र क्लबहरूले पौष २६ बाट लिग सुरु गर्न सहमत भएका छन् । त्यस्तै लिग डबल राउन्ड रोबिन ढाँचा हुनेछ । एन्फाले क्लबको तयारीको रकम गत संस्करणको तुलनामा १० लाख बढाएको छ । अब प्रत्येक क्लबले लिगको तयारीका लागि ३२ लाख ५० हजार रुपैयाँ पाउनेछन् । यसअघि क्लवहरूले २२ लाख ५० हजार पाउदै आएका थिए ।

    ए डिभिजनको पुरस्कार रकम भने यथावत रहेको छ । लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र सेकेण्ड रनरअपले २५ लाखरुपैयाँ पाउनेछन् ।

    images

    फेयर प्ले अवार्डको नगद पुरस्कार पनि रु एक लाखले बढाएर तीन लाख पु¥याइएको छ । सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले दुई लाख र मोस्ट भ्यालुएबल प्लेयरको पुरस्कार राशी तीन लाखमा यथावत राखिएको छ ।

    प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यदि खेल बराबरी भयो भने, रकम दुई क्लबहरू बीचबराबर बाँडिनेछ। खेलका म्यान अफ दि म्याचले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

    कार्यशालामा क्लब लाइसेन्सिङ, मार्केटिङ, प्रतिस्पर्धा सम्बन्धी विषय, लेखा सम्बन्धी विभिन्न विषयमा क्लवहरूलाई प्रशिक्षित गरिएकोथियो ।

    कार्यशालामा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, महासचिव किरणराई, कार्यकारी समितिका सदस्य तथा १४ वटै ए डिभिजन क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल