शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रचण्ड चढेको हेलिकोप्टर आकस्मिक अवतरण

एक्सप्रेस पाना
कार्तिक २२, २०७९ मंगलबार
  • 399
    SHARES
  • प्रचण्ड चढेको हेलिकोप्टर आकस्मिक अवतरण

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकोप्टर सल्यानको खंलगामा आकस्मिक अवतरण गरिएको छ । 

    images

    चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम प्रतिकुल भएपछि खलंगामा अवतरण गरिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 

    प्रचण्ड चढेको हेलिकप्टर केही समय खलंगामा अवतरण भएर पुनः सुर्खेतका लागि प्रस्थान भएको उनको सचिवालयले जनाएको छ । 

    images

    प्रचण्डले आज कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रचण्ड जुम्लाको शेरा खेत र सिंजा, हुम्लाको सर्केगाड तथा कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने भएका हुन् ।

    शेरा खेत र सिंजामा आयोजना हुने सभालाई सम्बोधन गर्न प्रचण्डसहित कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का जाँदैछन् ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड