शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तीन अर्धशतकमा पुलिसद्वारा मधेसलाई २७४ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक २२, २०७९ मंगलबार
  • 221
    SHARES
  • तीन अर्धशतकमा पुलिसद्वारा मधेसलाई २७४ रनको लक्ष्य

    काठमाडौं । काठमाडौंमा जारी पीएम कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले समूह विजेता बन्नको लागि मधेस प्रदेशलाई २७४ रनको लक्ष्य दिएको छ । 

    images

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिंग रोजेको पुलिसले ४९।१ ओभरमा सबै विकेट गुमाएर २७३ रन बनाए पछि मधेसले २७४ रनको लक्ष्य पाएको हो । 

    पुलिसका लागि आरिफ शेख, अमृत श्रेष्ठ र कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इंनिग खेले । आरिफ शेखले ८६ बलमा ८ चौका र १ छक्काको मद्यतमा ७३ रनमा आउट भए । यस्तै अमृत श्रेष्ठ ९६ बलमा ९ चौकासहित ६५ रन बनाए । यता कप्तान ऐरीले  ४३ बलमा ५१ बनाउँदै रुपेस सिंहको बलमा रोहन विकले क्याच आउट गरे । 

    images

    दिलिप नाथ ३१ बलमा ३ छक्का र १ चौकासहित ४० रनमा हाउट भए ।  ओपनर सुनिल धमला ११ बनाए । 

    यता मधेशका लागि रुपेस सिंह र राजेश यादवले ३३ विकेट लिए । यता मोहम्मद आदिल आलम २, हरिशंकर शाह र विशाल पटेल ११ विकेट लिए । यो खेलको विजेता टोली समूह विजेता बन्ने छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट