शुक्रबार, श्रावण २९ गते २०८३
images
images

८ देखि १८ वर्षका खेलाडीलाई एन्फाले प्रशिक्षण दिने

एक्सप्रेस पाना
कार्तिक २२, २०७९ मंगलबार
  • 242
    SHARES
  • ८ देखि १८ वर्षका खेलाडीलाई एन्फाले प्रशिक्षण दिने

    काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले ८ देखि १८ वर्ष उमेर समूहका खेलाडीलाई प्रशिक्षण दिने भएको छ।

    images

    मंगलबार एन्फाले सूचना जारी गर्दै प्रशिक्षण दिने जनाएको छ । उक्त प्रशिक्ष एन्फा कम्प्लेक्स सातदोबाटोमा हरेक शनिबार हुनेछ ।

    एन्फाले ८ देखि १८ वर्ष उमेरका खेलाडीलाई विभिन्न समूहमा विभाजन गरेर प्रशिक्षण दिईने जनाएको छ । प्रशिक्षण आगामी मंसिर १० गतेबाट सुरु हुनेछ ।

    images

    यस्तै प्रशिक्षणमा सहभागिता जनाउन प्रत्येक खेलाडीले मासिक १५ सय लाग्ने जनाएको छ । सथै खेलाडीको लागि आबश्यक सबै सामग्री खेलाडी आफैले ब्यहोर्नुपर्ने र खेलका दौरानमा घाइते भएमा एन्फाले प्रथामिक उपचार गर्ने समेत सूचनामा उल्लेख गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल