शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मधेसलाई हराउँदै पुलिस समूह विजेता

एक्सप्रेस पाना
कार्तिक २२, २०७९ मंगलबार
  • 248
    SHARES
  • मधेसलाई हराउँदै पुलिस समूह विजेता

    काठमाडौं । काठमाडौंमा जारी पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा फराकिलो जित निकालदै नेपाल पुलिस क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा मधेश प्रदेशलाई १९१ रनले हराउँदै पुलिस समूह विजेता बनेको हो।

    पुलिसले दिएको २७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेशले २९.३ ओभरमा अलआउट हुँदै ८२ रन मात्र बनाउन सक्यो ।

    images

    मधेशका लागि मोहमद आदील आलमले सर्वाधिक ४२ रन जोडे भने रतन रौनकले ११ तथा कप्तान हरिशंकर शाहले १० रन जोडे ।  अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

    मधेशलाई सस्तैमा समेट्न पुलिसका कुशल भुर्तेलले ५ विकेट लिए । करण केसीले ३ तथा राशिद खानले २ विकेट लिए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ७३ रन बनाएको थियो ।

    पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए ।

    आरिफले ७३ रनको अर्धशतकीय इनिङ खेल्दा अमित श्रेष्ठले ६५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५१ रनको अर्धशतकीय इनिङ खेले । दिलिप नाथले ४० रन जोड्दा सुनिल धमला ११ रनमा आउट भए ।

    मधेशका रुपेश सिंह र राजेश यादवले ३र३ विकेट लिए । आदील आलमले २ विकेट लिए ।

    यस जितसँगै समूह ुबीु को शीर्ष स्थानमा रहेको पुलिसले ४ खेलमा अपराजित रहदै ८ अंक जोड्यो । मधेशले ४ खेलमा ५ अंक जोड्यो । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट