काठमाडौं । राजधानी काठमाडौमा जारी पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दुबै सेमिफाइनल खेल कीर्तिपुरको टियु मैदानमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले मंगलबार एक विज्ञप्ती निकाल्दै दुबै सेमिफाइनल टियुमा हुने जानकारी दिएको छ ।
यस अघि मुलपानी क्रिकेट मैदानमा कात्तिक २४ मा तय भएको नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मीबीचको दोस्रो सेमिफाइनल अब कात्तिक २५ गते टियुमा हुने भएको छ ।
नेपाल एपीएफ र मधेश प्रदेशबीचको पहिलो सेमिफाइनल भने कात्तिक २४ गते नै हुनेछ ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २६ गते शनिबार हुनेछ ।



