शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ओसासुनामाथि बार्सिलोनाको जित, लेवानडोस्कीले पाए रातो

एक्सप्रेस पाना
कार्तिक २३, २०७९ बुधबार
  • 224
    SHARES
  • ओसासुनामाथि बार्सिलोनाको जित, लेवानडोस्कीले  पाए रातो

    काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शीर्ष स्थानको बार्सिलोनाले ओसासुनामाथि रोमान्चक जित निकालेको छ । मंगलबार राति सम्पन्न भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    images

    बार्सिलोनाको जितमा खेलको ८५औं मिनेटमा राफिन्हाले निर्णायक गोल गरेका थिए । यसअघि बार्सिलोनाका लागि खेलको ४८औ मिनेटमा पेड्रीले गोल गर्दै खेल बराबरी गरेका थिए । यता ओसासुनाका लागि खेलको छैटौं मिनेटमा डेभिड ग्रासियाले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा १-० ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।

    images

    यस खेलमा बार्सिलोनाका रोबेर्ट लेवानडोस्कीले खेलको ३१औं मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । लेवानडोस्कीले खेलमा लगातार दोस्रो पहेलो कार्ड पाएपछि मैदान छोडेका थिए ।

    त्यस्तै यस खेलमा सब्सटिच्यूटमा रहेका जेरार्ड पिकेले हाफ टाइममा रेफ्रीसँग बहस गरेपछि बेन्चमै रातो कार्ड पाएका थिए । सन्यासको घोषणा गरेका पिकेको यो क्यारियरको अन्तिम खेल थियो । 

    उक्त जितसँगै बार्सिलोनाको १४ खेलमा ३७ अंक भएको छ र एक खेल कम खेलेको रियल म्याड्रिडसँग ५ अंकको अग्रता बनाएको छ । त्यस्तै ओसासुनाको भने १३ खेलमा २३ अंक रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # ला लिगा