शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पाकिस्तान टी-२० विश्वकपको फाइनलमा

एक्सप्रेस पाना
कार्तिक २३, २०७९ बुधबार
  • 277
    SHARES
  • पाकिस्तान टी-२० विश्वकपको फाइनलमा

    काठमाडौं । पाकिस्तान अष्ट्रेलियामा जारी टी २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

    images

    बुधवार सिड्नी क्रिकेट ग्राउण्डमा भएको खेलमा न्यूजील्याण्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले १९.१ ओभरमा पूरा गर्दै ७ विकेटले पराजित गरेको छ । 

    पाकिस्तानको लागि कप्तान बाबर आजाम र मोहम्मद रिजवानले अर्धशतकीय इनि खेले । मोहम्मद रिजवानले ४३ बलमा ५ चौकाको मद्यतमा ५७ रन बनाए भने कप्तान मोहम्मद आजाम ४२ बलमा ७ चौकाको सहयोगमा ५३ रन जोडे । मोहम्मद हरिसले २६ बलमा ३० रन बनाए । 

    images

    यता न्यूजील्याण्डका ट्रेन्ट बोल्टले २ र मिचेल सैन्टनर १ विकेट लिए । 

    त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै १५२ रन बनाएको हो ।

    न्यूजील्याण्डका लागि डार्यल मिचेलले अविजित ५३ रन बनाए भने कप्तान केन विलियम्सनले ४६ रन बनाए ।

    त्यस्तै डेभोन कोनवेले २१ रन बनाए भने जेम्स निशामले १६ रन बनाए । त्यस्तै फिन एलेनले ४ र ग्लेन फिलिपले ६ रनको योगदान दिएका थिए ।

    त्यस्तै पकिस्तानका बलर शाहिन शाह अफ्रिदीले २ विकेट लिए भने मोहमद नवाजले एक विकेट लिएका थिए ।

    उक्त जितसँगै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ । अब पाकिस्तानले उपाधिका लागि इंग्ल्याण्ड र भारत बिचको विजेतासँग खेल्नेछ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी२० विश्वकप