शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकपको लागि फ्रान्सको टोली घोषणा

एक्सप्रेस पाना
कार्तिक २४, २०७९ बिहीबार
  • 292
    SHARES
  • विश्वकपको लागि फ्रान्सको टोली घोषणा

    काठमाडौँ । साविक विजेता फ्रान्सले कतार विश्वकप फुटबल खेल्ने आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसचाम्प्सले विश्वकप खेल्ने २५ सदस्यीय टिमको घोषणा गरेका छन् ।

    images

    १६औं पटक विश्वकप फुटबलमा सहभागी हुन लागेको फ्रान्सले १९९८ र २०१८ मा विश्वकपको उपाधि जितेको थियो ।

    फ्रान्स समुह डी मा रहेको छ । यो समुहमा फ्रान्ससँगै अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया रहेका छन् । इन्जुरीका कारण टोलीमा पाउल पोग्वा र एन्गोलो कोन्टे बाहिर रहेका छन् । त्यस्तै प्रशिक्षकले रियल म्याड्रिडबाट खेल्ने फेरल्याण्ड मन्डी र म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सियललाई टिममा समावेश गरेका छैनन् ।

    images

    फ्रान्सले आफ्नो पहिलो खेल नोभेम्बर २३ मा अस्ट्रेलियाविरुद्ध खेल्दै छ भने दोस्रो खेल डेनमार्कविरुद्ध नोभेम्बर २६ मा खेल्दै छ । त्यस्तै तेस्रो खेल ट्युनिसियाविरुद्ध नोभेम्बर ३० मा खेल्ने तालिका रहेको छ । 

    यस्तो छ फ्रान्सको टोली :
    गोलकिपर :  अल्फोनसे अरेओला,  हुगो लुइस,  स्टिभ मनडानडा 
    डिफेन्डर :  विलियम सलिबा,  राफेल भरान,  इब्राहिम कोन्टे,  प्रेसनेल किमपेम्बे,  बेन्जामिन पाभार्ड,  डायोट उपामेकानो,  लुकास हर्नानडेज,  थियो हर्नानडेज,  जुलेस कुण्डे
    मिडफिल्डर : यडुआर्डो कामाभिन्गा,  माटेओ गुएनडोउजी,  एड्रीयन रोबीओट,  अरेलिएन टिचोउआमेनी,  जोर्डन भेरेटोउट,  युसुफ फोफाना
    फरवार्ड : एन्टोनी ग्रीजम्यान,  ओलिभर जिराउड,  ओसमान डेम्बेले,  किलीयन एम्बाप्पे,  करिम बेन्जमा,  किंग्सले कोम्यान,  क्रिस्टोफर एनकुनकु

  • सम्बन्धित विषय:

  • # फुटबल