कार्तिक २४ काठमाडौं । पीएम कपको फाइनल प्रवेशको लागि मधेस प्रदेशले एपीएफलाई १२३ रनको सामन्य लक्ष्य दिएको ।
त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको मधेस एपीएफको कसिलो बलिङ सामू ३१ ओभरमा सबै विकेट गुमाएर १२२ रनमा समेटियो ।
मधेसका लागि भुपेस सिंहले सर्वाधिक ३४ रन बनाए । यस्तै सन्तोष कार्कीले २० रन, इमरान शेखले १६ रन, अनिल शाह १३ रन, महोमद आदिल ११ रन र राजेश यादवले १० रन बनाए ।
यता एपीएफका लागि कमल ऐरीले ४ विकेट लिए । यस्तै भुवन कार्की र मैसम ढकालले २ विकेट लिए भने किशोर महत्वोले एक विकेट हात पारे ।
यो खेलको विजेता टोलीले फइनमा दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा पुलिस र आर्मी खेल्नेछन् ।



