शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एपीएफ पीएम कपको फाइनलमा 

एक्सप्रेस पाना
कार्तिक २४, २०७९ बिहीबार
  • 199
    SHARES
  • एपीएफ पीएम कपको फाइनलमा 

    काठमाडौं । विभागीय टोली नेपाल एपीएफ जारी पीएम एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

    images

    टियु क्रिकेट मैदानमा मधेसले दिएको १२३ रनको सामान्य लक्ष्य एपीएफले २१.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । 

    एपीएफको जितमा लोकेश बम ३५ रनमा नटआउट रहे । यस्तै प्रदिप ऐरी ३३ रन, आसिफ शेख २५ र सुमित मर्जनले १३ रन बनाए । यता मधेसका लागि रुपेस सिंहले २ विकेट र राजेश यादवले १ विकेट लिए । 

    images

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेस एपीएफको कसिलो बलिङ सामू ३१ ओभरमा सबै विकेट गुमाए र १२२ रनमा समेटियो ।

    मधेसका लागि भुपेस सिंहले सर्वाधिक ३४ रन बनाए । यस्तै सन्तोष कार्कीले २० रन, इमरान शेखले १६ रन, अनिल शाह १३ रन, महोमद आदिल ११ रन र राजेश यादवले १० रन बनाए ।

    यता एपीएफका लागि कमल ऐरीले ४ विकेट लिए । यस्तै भुवन कार्की र मैसम ढकालले २/२ विकेट लिए भने किशोर महत्वोले एक विकेट हात पारे ।

    उक्त जितसँगै एपीएफले फइनमा दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा पुलिस र आर्मी खेल्नेछन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल