शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पाकिस्तानसँगको खेलमा टिकट काट्ने भाग्यशालीले एक दर्शकलाई कतार विश्वकपको टिकट

एक्सप्रेस पाना
कार्तिक २४, २०७९ बिहीबार
  • 263
    SHARES
  • पाकिस्तानसँगको खेलमा टिकट काट्ने भाग्यशालीले एक दर्शकलाई कतार विश्वकपको टिकट

    काठमाडौं । घरेलु मैदानमा हुने नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलको टिकट मूल्य तय भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले विहिवार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । 

    images

    एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक ३० गते नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण आयोजना हुँदैछ ।

    images

    मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ । 

    यस्तै एन्फाले टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने जनाएको छ । विजेता गोलापर्थाद्वारा छनोट गरिने एन्फाले जनाएको छ ।

    एन्फाले विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलका लागि ८० वटा टिकट बिक्रिका लागि राखिने जनाएको छ । टिकट दर ५ हजार राखिएको छ ।

    मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टिम आइतबार नेपाल आईपुग्ने छन् । नेपालले मुख्य प्रशिक्षक प्रवेश कटुवालको नेतृत्वमा तयारी गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल