शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारतलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको फाइनलमा

एक्सप्रेस पाना
कार्तिक २४, २०७९ बिहीबार
  • 255
    SHARES
  • भारतलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको फाइनलमा

    काठमाडौं । अष्ट्रेलियामा जारी टी२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा भारतमाथि सानदार जित निकाल्दै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ । 

    images

    भारतले दिएको १७९ रनको मध्यम लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा विना विकेटको क्षेतिमा पूरा गर्यो । 

    इंग्ल्यान्डको जितमा ओपनरद्वय जोस बट्लर र एलेक्स हालेसले कीर्तिमानी साझेदारी गरे । अर्धशतकीय इनिङ खेलेका एलेक्स ८६ रन र कप्तान बल्टर ८० रनमा अविजित रहे ।

    images

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

    भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले । रोहित शर्मा २७ रन र सूर्यकुमार यादव १४ रनमा आउट भए ।

    यता इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र आदील राशिदले १र१ विकेट लिए ।

    अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

     

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी२० विश्वकप