शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप खेल्ने पोर्चुगलको टोली घोषणा, को-को परे ?

एक्सप्रेस पाना
कार्तिक २५, २०७९ शुक्रबार
  • 224
    SHARES
  • विश्वकप खेल्ने पोर्चुगलको टोली घोषणा, को-को परे ?

    काठमाडौँ । पोर्चुगलले कतार विश्वकप फुटबल प्रतियोगिता २०२२ खेल्ने टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक फेर्नानडो सान्तोसले विश्वकप खेल्ने पोर्चुगलको २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

    images

    विश्वकप खेल्ने पोर्चुगलको टिमबाट लिभरपुल फवार्ड डिओगो जोटाले इन्जुरीका कारण टिममा ठाउ बनाउन सकेनन् । जोटा बाहेक पोर्चुगलका केहि चर्चित खेलाडीले टिममा स्थान बनाउन सकेनन् । जसमा जोआओ मोउटिन्हा, रेनाटो सान्चेज रहेका छन् ।

    पोर्चुगलले विश्वकपमा अहिलेसम्मको सबै भन्दा राम्रो प्रदर्शन १९६६ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुललाई यिसपटक नकै चर्चामा रहेको देश हो । भेट्रान्स फवार्ड रोनाल्डोको यो अन्तिम विश्वकप भएकाले पनि पोर्चुगल र रोनाल्डोको लागि खास रहेको छ । 

    images

    पोर्चुगलको टिम 

    गोलकिपर: 
    रुइ पाट्रीसिओ (रोमा)
    जोस सा (वोल्भ्स)
    डिओगो कोस्टा (पोर्टो)

    डिफेन्डर:
    पेपे (पोर्टो)
    रुबेन डियाज (म्यानचेस्टर सीटी)
    जोआओ कान्सेलो (म्यानचेस्टर सीटी)
    नुनो मेनडेज (पिएसजी)
    डिओगो डालोट (म्यानचेस्टर युनाइटेड)
    एन्टोनीयो सिल्भा (बेनिफिका)
    राफेल गुरेरियो (बोरुसिया डोर्टमण्ड)
    डानिलो पेरेइरा (पिएसजी)

    मिडफिल्डर:
    भीटिन्हा (पिएसजी)
    विलियम कार्भाल्हो (रियल बेटिस)
    बेर्नान्डो सिल्भा (म्यानचेस्टर सीटी)
    जोआओ मारिओ (बेनिफिका)
    ब्रुनो फर्नानडेज (म्यान्चेस्टर युनाइटेड)
    रुबेन नेभेज (वोल्भ्स)
    जोआओ पाल्हिन्हा (वोल्भ्स)
    माथ्युज नुनेज (वोल्भ्स)
    ओटाभिओ (पोर्टो)

    फरवार्ड:
    क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड)
    जोआओ फेलिक्स (एटलेटिको म्याड्रिड)
    राफेल लीओ (एसी मिलान)
    रिकार्डो होर्टा (ब्रागा)
    गोन्कालो रामोस (बेनिफिका)
    आन्द्रे सिल्भा (आरबी लेइपजिंग)

    कतार विश्वकपमा समुह एचमा रहेको पोर्चुगलले आफ्नो पहिलो खेल मंसिर ८ मा घानाविरुद्ध खेल्ने छ । त्यसैगरी दोस्रो खेल मंसिर १३ मा उरुग्वेविरुद्ध खेल्ने छ भने तेस्रो खेल १६ मंसिर मा दक्षिण कोरियाविरुद्ध खेल्ने तालिका रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल