काठमाडौँ । म्यानचेस्टर युनाइटेड कारबाओ कपको चौथो चरणमा पुगेको छ ।
विहिवार राति भएको खेलमा एस्टन भिल्लालाई ४-२ गोल अन्तरले हराउँदै युनाइटेड चौथो चरणमा पुगेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा एन्थोनी मार्सियल, मार्कस राशफोर्ड, ब्रुनो फर्नानडेज र स्कट म्याकटोमिनीले १/१ गोल गरेका थिए ।
त्यस्तै एस्टन भिल्लाका लागि ओली वाटकिन्सले १ गोल गरेका थिए भने १ गोल युनाइटेडका डिओगो डालोटले आत्मघाती गोल गरेका थिए ।
अब चौथो चरणमा म्यानचेस्टर युनाइटेडले बर्नलीको सामना गर्ने छ ।



