शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

एक्सप्रेस पाना
कार्तिक २५, २०७९ शुक्रबार
  • 260
    SHARES
  • पुलिसलाई हराउँदै आर्मी फाइनलमा

    काठमाडौं । पीएम कप राष्ट्रिय क्रिकेटमा पुलिसलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा प्रवेश गरेको छ । पुलिसले दिएको ३०५ रनको लक्ष्य पछाएको आर्मी एक बल बाकी छदै ८ विकेटको क्षतिमा पूरा गर्यो । 

    images

    आर्मीका जितमा रोहित कुमार पौडेलले सर्वाधिक ८९ रनको इनिङ खेले । उनले ८७ बलमा ९ चौकाको सहयोगमा ८९ रनमा रासिद खानको बलमा करण केसीबाट क्याच आउट भए । 

    यस्तै हरि चौहानले ७५ रनको अर्धशतकीय इनिङ पूरा गरे । राजेश पुलामी मगर ३४ रनमा अविजित रहे । कप्तान विनोद भण्डारी ३२ रन, बिक्रम सोब ३० रन, अर्जुन साउद ११ रन र भिम सार्कीले १० रन बनाए । 

    images

    यता पुलिसको लागि करण केसी ६, रासिद खान १ र ललित राजबंसिले १ विकेट लिए । 

    त्यसअघि टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले १४० रनको शानदार शतक प्रहार गरे । उनले १२५ बलमा ११ चौका ५ छक्कासहित १४० रनमा क्याच आउट भए ।

    यस्तै आरिफ शेखले अर्धशतकीय इनिङ खेले । उनले १०९ बलमा ८ चौका र २ छक्कासहित ९१ रनमा अविजित रहे । यस्तै ओपनर कुशल भुर्तेल ३१ रन, सुनिल धमला १३ रन, अमित श्रेष्ठले १० रन भने करण केसी ८ रनमा नटआउट रहे । 

    यता आर्मीका लागि बिक्रम सोबले ३ र शुसन भारीले १ विकेट लिए । 

    उक्त जितसँगै आर्मी फाइनलमा प्रवेश गरेको छ । आर्मीले अब उपाधिको लागि एपीएफ सँग खेल्नेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा मधेसमाथि ७ विकेटको जित निकाल्दै एपीएफ फाइनलमा प्रवेश गरि सकेको छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट