काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ कप्तानमा युवा ब्याटर रोहित कुमार पौडेल नियुक्त भएका छन् ।
शुक्रबार नेपाल क्रिकेट संघ क्यानले रोहितलाई कप्तानको जिम्मेवारी दिएको जनाएको छ ।
पूर्व कप्तान सन्दीप लामिछानेलाई १७ वर्षीय बालिका बलात्कारको आरोप लागेपछि क्यानले अघिल्लो महिनानै लामिछानेलाई बर्खास्त गरेको थियो ।
२० वर्षीय रोहितले नेपाली क्रिकेट टोलीबाट दुई महिना अघि केन्या भ्रमणमा कप्तानी गरेका थिए । केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा रोहित कप्तानी गर्दै क्लिनस्विप दिलाएका थिए । रोहितले नेपाली यू१९ टोलीको कप्तानी पनि सम्हालि सकेका छन् ।



