शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पीएम कप : एपीएफले पहिला बलिङ गर्ने

एक्सप्रेस पाना
कार्तिक २६, २०७९ शनिबार
  • 253
    SHARES
  • पीएम कप : एपीएफले पहिला बलिङ गर्ने

    काठमाडौं । प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफले पहिला बलिङ गर्ने भएको छ । 

    images

    एपीएफले टस जितेर बलिङ रोजेको हो । टस ढिला भएको कारण खेल ४० ओभरको हुनेछ । 

    शुकबार भएको दोस्रो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरि आर्मी फाइनलमा पुगेको हो । पुलिसविरुद्धको खेल आर्मीले १ बल बाकीँ रहँदा २ विकेटले खेल जितेको थियो ।

    images

    नेपाल एपीएफ क्लब पहिलो सेमिफाइनलमा बिहीबार मधेश प्रदेशलाई पराजित गरेर फाइनलमा प्रवेश हो । यस अघि यसै संस्करणको समूह चरणमा भएको खेलमा आर्मी ५६ रनले पराजित भएको थियो । 

    यस प्रधानमन्त्री कप एकलिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी पाँचौ पटक फाईनल पुगेको हो । यता, एपीएफ भने तेस्रो पटक फाईनल पुगेको हो ।

    प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् ।

    त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।

  • सम्बन्धित विषय:

  • # क्रिकेट