काठमाडौं । जारी पीएम कपको फाइनलमा त्रिभुवन आर्मीले एपीएफलाई १८० रनको विजयी लक्ष्य दिएको । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा अलआउट हुँदै १८० रन बनाउन सक्यो ।
आर्मीका लागि रोहितले सर्वाधिक ४९ रन बनाए । उनले ५४ बलमा तीन चौकाको सहयोगमा ४९ रन बनाए । यस्तै सुसन भारी १९ र जितेन्द्र मुखियाले १६ रन बनाए ।
ओपनर सोमपाल कामी शून्य रनमा आउट हुँदा अर्का ओपनर अर्जुन साउद १३ रनमा आउट हुँदा, हरि चौहान १५ रन, बिक्रम सोब ६ तथा कप्तान बिनोद भण्डारी ११ रन, कुशल मल्ल १६ रन र राजेश पुलामी १८ रनमा आउट भए ।
यस्तै सुसन भारी १९ र जितेन्द्र मुखियाले १६ रन बनाए ।
यता एपीएफका लागि अमर सिंह र मौसम ढकालले ३/३ विकेट लिदाँ किशोर महत्तोले २ विकेट लिए ।



