शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एपीएफलाई पीएम कपको उपाधी

एक्सप्रेस पाना
कार्तिक २६, २०७९ शनिबार
  • 267
    SHARES
  • एपीएफलाई पीएम कपको  उपाधी

    काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई पराजित गदै नेपाल एपीएफ क्लबले दोस्रो पटक प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ ।

    images

    एपीएफले आर्मीलाई ४ विकेटले पराजित गरेको हो ।

    आर्मीले दिएको १ सय ८० रनको लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । 

    images

    एपीएफका लागि ओपनर प्रदिप ऐरीले २० रन, आसिफ शेखले १४ रन जोडे । भुवन कार्कीले ५५ रन बनाए । सन्दिप जोराले १७ रन बनाउँदा सुमित महर्जनले ३४ रन बनाए । 

    आर्मीका लागि जितेन्द्र मुखियाले २ तथा शुसन भारी,बिक्रम सोब र सोमपाल कामीले समान १/१ विकेट लिए । 

    त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ३९ ओभरमा अलआउट हुदै १ सय ७९ रन बनायो ।

    आर्मीका ओपनर सोमपाल कामी शून्य रनमा आउट हुँदा अर्का ओपनर अर्जुन साउद १३ रनमा बनाए । हरि चौहानले १५ रन, बिक्रम सोब ६ तथा कप्तान बिनोद भण्डारी ११ रनमा आउट भए । राजेश पुलामी १८ रनमा आउट भए ।

    यस्तै युवा ब्याटर तथा राष्ट्रिय टोलीका नवनियुक्त कप्तान रोहित कुमार पौडेल ४९ रन बनाए । शुसन भारीले १९ रनमा आउट भए । जितेन्द्र मुखिया २४ रनमा अविजित रन रहे ।

    अन्तिम विकेटका लागि शुसन भारी र जितेन्द्र मुखियाले ४७ रनको साझेदारी गरे ।

    यता एपीएफका लागि अमर सिंह रौटेला र मौसम ढकालले समान ३/३ विकेट लिदाँ किशोर महतोले २ विकेट लिए ।

    प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।

  • सम्बन्धित विषय:

  • # क्रिकेट