शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पाकिस्तानद्वारा इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक २७, २०७९ आइतबार
  • 241
    SHARES
  • पाकिस्तानद्वारा इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

    काठमाडौं । टी२० पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ ।

    images

    मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनायो ।

    पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । यस्तै कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए । शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन तथा इफ्तिखर अहमेद सुन्य रनमा आउट भए ।

    images

    यता साम करनले ३ विकेट, क्रिस जोर्डन र आदील राशिदले २/२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट