शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यूएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक २८, २०७९ सोमबार
  • 260
    SHARES
  • यूएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

    काठमाडौं । घरेलु टोली नेपाललाई पहिलो एकदिवसीय खेलमा यूएईले रनको लक्ष्य दिएको छ । 

    images

    टस हारेर ब्याटिगं गरेको युएईले ५० ओभरमा विकेट ७ गुमाएर २६३ रन बनाएको हो ।

    यूएईको लागि रोहन मुस्तफाले अर्धशतकीय इंनिङ खेले । उनले ७३ बलको सामना गरि ७ चौकाको सहयोगमा ५३ रनमा सोमपाल कामीको बलमा आरिफ शेखबाट क्याच आउट भए । यस्तै महम्मद वसीमले ४४ रन, वृत्य अरविन्द ४० रन, अलिशान शराफु २९ र बासिल हमादले १४ आयान अफजल खानले २६ रन बनाए । अहमद राजाले अविजित २७ रन बनाए। 

    images

    यता नेपालका लागि गुलसन झाले दुई विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।  

    तीन खेलको सिरिजअन्तर्गत बुधबार दोस्रो र शुक्रबार तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय हुनेछ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट