काठमाडौं । नेपाललाई ८४ रनले हराउँदै तीन खेलको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा यूएई विजयी भएको ।
यूएईले दिएको २६४ रनको लक्ष्य पछाएको नेपाल ५० ओभरमा १७९ रन मात्रै बनाउन सक्यो ।
खराब सुरुवात गरेको नेपालका लागि डेब्यु खेलाडी अर्जुन साउद र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले ।
डेब्यु खेलाडी राउदले ५१ रनमा बनाए भने अलराउन्डर दिपेन्द्र सिंह ऐरीले ५४ रनमा आउट । यस्तै अर्का ओपनर आसिफ शेख १२ रनमा आउट भए भने ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । गुलसन झा १९ रन अविजित रहे । नेपालका अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्
यता यूएईका लागि आयन खानले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभर बलिङ गरेर १४ रन खचेर ४ मेडन ओभरसहित ४ विकेट लिए । यस्तै बासिल हमाद २, रोहन मुस्तफा, जहुर खान र अहमद राजाले १/१ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदनामा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनायो ।
यूएईको लागि रोहन मुस्तफाले अर्धशतकीय इंनिङ खेले । उनले ७ बलको सामना गरि ७३ चौकाको सहयोगमा ५३ रनमा सोमपाल कामीको बलमा आरिफ शेखबाट क्याच आउट भए । यस्तै महोमद वसीम ४४ रन, वृत्य अरविन्द ४० रन, अलिशान शराफु २९, बासिल हमादले १४ आयान अफजल खान २६ रन र अहमद राजा २७ रनमा अविजित रहे ।
यता नेपालका लागि गुलसन झाले २ विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।
उक्त जितसँगै यूएईले तीन खेलको सिरिजमा एक शून्यको अग्रता बनाएको छ । सिरिजअन्तर्गत बुधबार दोस्रो र शुक्रबार तेस्रो खेल हुनेछ।



