शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आज नेपाल र पाकिस्तान भिड्दै

एक्सप्रेस पाना
कार्तिक ३०, २०७९ बुधबार
  • 211
    SHARES
  • आज नेपाल र पाकिस्तान भिड्दै

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले लामो समयपछि अन्तर्राष्ट्रिय मैदानमा फर्किएको पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

    images

    दशरथ रंगशालामा बुधबार हुने साँझ ५ बजे खेल सुरु हुनेछ । प्रिम्याच कन्फ्रेन्समा नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले घरेलु मैदानमा जित निकाल्ने दाबी गरे ।

    लामो समय फिफाको निलम्बनमा परे पनि पाकिस्तानी खेलाडीहरु घरेलु प्रतियोगिता र विदेशी लिगमा खेल्दै आएको कारण प्रतिद्वन्द्वी बलियो रहेको उनले बताए । तर छोटो समयको तयारीबीच पनि आफूले जितका लागि बलियो टोली बनाएको उनको बताए ।

    images

    पाकिस्तानविरुद्ध नेपाली टोलीको कप्तानी रोहित चन्दले गर्नेछन् । नियमित गोलकिपर तथा कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहितले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी पाएका हुन् ।

    नेपाल र पाकिस्तानबीच पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा खेल भएको थिया । उक्त भेटमा नेपाल २-१ गोलले पराजित भएको थियो । यि दुईबीच अहिलेसम्म १६ खेल भएकोमा नेपालले ४ र पाकिस्तानले ७ खेल जितेको छ । बाँकी ५ खेल बराबरी भएको छ ।

    यस्तो आज पाकिस्तानविरुद्ध हुने खेल नेपाली टोलीले घरेलु मैदान दशरथ रंगशालामा खेल्ने आफ्नो ५० औं खेल समेत हुनेछ । नेपालले दशरथ रंगशालामा सन् १९८४ देखि आधिकारिक अन्तर्राष्ट्रिय खेल खेल्न थालेको हो । पहिलो दक्षिण एसियाली खेलकुद अन्तर्गत माल्दिभ्सविरुद्ध नेपालले रंगशालामा पहिलो औपचारिक अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

    जसमा नेपाल ४-० ले विजयी भएको थियोे । ३९ वर्षमा दशरथ रंगशालामा ५० औं अन्तर्राष्ट्रिय खेल खेल्न लाग्दा यो मैदानमा भरत खवास र अन्जन विष्टले १/१ ह्याट्रिक गरिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल