शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दोस्रो एकदिवसीय खेलमा नेपाल र युएई भिड्दै

एक्सप्रेस पाना
कार्तिक ३०, २०७९ बुधबार
  • 344
    SHARES
  • दोस्रो एकदिवसीय खेलमा नेपाल र युएई भिड्दै

    काठमाडौं । नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज बुधबार पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

    images

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल युएईविरुद्धको दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ ।

    यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । नेपाललाई सिरिज जोगाउन समेत यस खेल महत्वपूर्ण रहेको छ ।

    images

    तीन खेलको सिरिजमा युएई १-० ले अघि रहेको छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज १-१ को स्थितिमा ल्याउन चाहन्छ ।

    युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।  

  • सम्बन्धित विषय:

  • # क्रिकेट