शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तेस्रो तथा निर्णायक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज

एक्सप्रेस पाना
मंसिर २, २०७९ शुक्रबार
  • 250
    SHARES
  • तेस्रो तथा निर्णायक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज

    काठमाडौं । घरेलु टोली नेपालले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शुक्रबार पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

    images

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल युएईविरुद्धको तीन खेलको सिरिज जित्न आजको खेल जित्नै पर्ने छ । 

    नेपाल आजको खेल जित्दै सिरिज २-१ ले जितेर ईतिहास कायम गर्न चाहान्छ । नेपालले यो सिरिज जितेमा घरेलु भुमिमा नेपालले पहिलो पटक दुई देशिय सिरिज जित्ने छ । पपुवा न्यू गिनीसँग नेपालले यसै बर्ष पहिलो एकदिवसीय सिरिज घरेलु भुमिमा खेलेको थियो । दुई खेलको उक्त सिरिज नेपालले २-० ले हारेको थियो । 

    images

     यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ खेलाउन चाहन्छ ।  आजको खेलमा नेपालले प्लेईङ-११ दोस्रो खेलको नै कायम रहने सम्भावना रहेको छ ।  पहिलो खेलमा झै दोस्रो खेलमा पनि माथिल्लो क्रमका ब्याटरबाट जिम्मेवारीपुर्ण ब्याटिङ नदेखेखिएकोले आजको महत्वपुर्ण खेलमा ब्याटिङमा समस्या नरहने अपेक्षा गरिएको छ ।

    ओपनरका रुपमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद तथा अर्का ओपनरमा आसिफ शेख रहने सम्भावना रहेको छ । तेस्रो नम्बरमा दोस्रो खेलमा राम्रो सुरुआत दिएका ज्ञानेन्द्र मल्ल रहने सम्भावना रहेको छ । चौंथो नम्बरमा पहिलो खेलमा नेपालका कप्तान रोहित कुमार पौडेल रहने छन् । पाँचौ नम्बरमा अलराउन्डर दीपेन्द्र सिंह ऐरी खेल्ने सम्भावना रहेको छ ।

    नेपालका मध्येक्रमका बलियो खम्बाका रुपमा रहेका आरिफ शेख छैटौं नम्बरमा रहने सम्भावना रहेको छ । विष्फोटक ब्याटर तथा लेग स्पिन बलर समेत रहेकाकुशल भुर्तेल सातौं नम्बरमा रहने सम्भावना रहेको छ ।

    विस्फोटक ब्याटर तथा तिव्र गतिका बलर करण केसी आठौं स्थानमा रहने सम्भावना रहेको छ । तिब्र गतिका बलर सोमपाल कामी नवौं नम्बरमा रहने सम्भावना रहेको छ । दशौं नम्बरमा तिव्र गतिका बलर गुल्सन झाको सम्भावना रहँदा एघारौं नम्बरमा ललित राजबंशीको सम्भावना रहेको छ ।

    नेपालको सम्भावित प्लेईङ-११
    अर्जुन साउद(विकेटकिपर),आसिफ शेख,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल भुर्तेल,करण केसी,सोमपाल कामी,गुल्सन झा र ललित नारायण राजबंशी

  • सम्बन्धित विषय:

  • # क्रिकेट