काठमाडौँ । विश्वकप अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
बिहिवार राति भएको खेलमा पोर्चुगलले नाइजेरियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा ब्रुनो फेर्नानडेजले दुई गोल गरेका थिए । त्यस्तै गोन्सालो रामोस र जोआओ मारिओले एक एक गोल गरेका थिए । यस खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् । रोनाल्डोको पेटमा समस्या भएपछि उनी बुधबारदेखि टिमसँग प्रशिक्षणबाट पनि बाहिर रहेका थिए ।
विश्वकपको समुह एचमा रहेको पोर्चुगलले आफ्नो पहिलो खेल भने नोभेम्बर २४ मा घानाविरुद्ध खेल्दै छ । त्यसपछि उरुग्वे र दक्षिण कोरियासँग खेल्ने तालिका रहेको छ ।



