काठमाडौं । यूएईविरुद्धको सिरिज नेपाालले २-१ जितेको छ ।
अन्तिम तथा निर्णायक खेलमा यूएईलाई नेपालले ६ विकेटले हराउँदै सिरिज २९१ ले आफ्नो पक्ष्यमा पारेको हो । यूएईले दिएको १७७ रनको लक्ष्य पाएको घरेलु टोली नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्ले अर्धशतक पूरा गरे । आसिफ ८८ रनमा अविजित रहे । ओपनर अर्जुन साउदलाई ९ रनमा गुमाएको नेपालको लागि आसिफ र ज्ञानेन्द्रले १२२ रनको पाटर्नर सिफ गरे । आसिफले ७९ बलमा ५० रन पूरा गरे । ज्ञानेन्द्रले ७३ बलमा ६४ रन बनाएर आउट । उनले ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै आसिफले ७९ बलमा ५० रन पूरा गरे । यस्तै कप्तान रोहित १० रनमा आउट भए ।
यता यूएईको लागि आयन खान र हजरत विलाल एक एक विकेट लिए ।
त्यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएई ५० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाउन सक्यो ।
यूएईका लागि आयन खानले ५४ रनको अर्धशतकीय इनिङ खेल भने अलिसन सराफुले ३३ रन बनाए । यस्तै रोहन मुस्तफा २४ रन, हजरत विलाल २० रन, मोहम्मद वसीम ११ रन बनाए भने बसील हमादले ८ रन बनाए । कुनै समय ९२ रनमा ९ विकेट गुमाएको यूएईको लागि खान र विलाले अविजित ८३ रनको उत्कृष्ट पार्टनर सिप गरेका थिए ।
नेपालको लागि गुलसन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट, सोमपाल कामी र ललि नारायण राजवंशीले १/१ विकेट लिए ।
उक्त जितसँगै नेपालले घरेलु मैदानमा सिरिज २९१ जितेको छ ।



