काठमाडौं । फिफा विश्वकप फुटबल अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले हार ब्यहोरेको छ ।
शुक्रबार राति भएको खेलमा बेल्जियमलाई इजिप्टले २-१ गोलले हराएको हो ।
खेलको ३३ औं मिनेटमा मोस्ताफा मोहमेदले गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ४६ औं मिनेटमा ट्रेजेगुएटले गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा लोइस ओपेन्डाले गोल गरेपनि बेल्जियम २-१ ले पराजित भयो ।
कतार विश्वकप आइतबारबाट सुरु हुनेछ । विश्वकपमा बेल्जियम समूह एफ मा रहेको छ । यस समूहमा क्यानडा, मोरक्को र क्रोएसिया रहेको छ ।



