काठमाडौं । कतार विश्वकप २०२२ अन्तर्गत समूह बी को पहिलो खेलमा युरोपेली राष्ट्र इग्ल्याण्डले एसियाली राष्ट्र इरानविरुद्ध अन्तरको पराकिलो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा इंग्ल्याण्डले इरानमाथि ६२ गोलको सानदार जित निकालेको हो । पहिलो आफमै ३-० गोलको आरामदाई अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा थप ३ गोल गर्दा २ गोल खाएको छ ।
इंग्ल्याण्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे । इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए ।
खेलको ३५ औं मिनेटमा वेलिङघमले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । इंग्ल्यान्डका लागि उनको यो पहिलो गोल हो ।



