शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप : साउदीविरुद्ध अर्जेन्टिनाको अग्रता

एक्सप्रेस पाना
मंसिर ६, २०७९ मंगलबार
  • 202
    SHARES
  • विश्वकप : साउदीविरुद्ध अर्जेन्टिनाको अग्रता

    काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिनाले साउदी अरेबियाविरुद्धको पहिलो हाफमा अग्रता बनाएको छ । 

    images

    साउदी अरेबियाविरुद्धको पहिलो हाफको खेलमा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको हो । 

    अअर्जेन्टिनाको लागि खेलको १०औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टी मार्फत गोल गरि सुरुवात दिलाएका हुन् ।

    images

    तर आक्रमक खेलेको अर्जेन्टिनाको तीन गोल अफसाइड भएको छ ।

    खेलको २२औँ मिनेटमा मेस्सीले गोल गर्दै खुशियाली मनाए । तर अफसाइड भएसँगै त्यो गोलले मान्यता पाएन । खेलको २९औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गरे । तर भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले यो गोललाई पनि मान्यता दिएन । मार्टिनेजले अफसाइड गोल गरेका थिए ।

    खेलको ३५औँ मिनेटमा मार्टिनेजले नै गोल गरे । तर यो गोल पनि अफसाइड भयो । योसँगै अर्जेन्टिनाले गरेको तीन गोल अफसाइड भएको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल