शुक्रबार, भाद्र २६ गते २०८३
images

काबुल विमानस्थल सञ्चालन गर्न कतार र तालिवानबीच छलफल

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 241
    SHARES
  • काबुल विमानस्थल सञ्चालन गर्न कतार र तालिवानबीच छलफल

    भदौ १८ काठमाडौं । काबुल विमानस्थल पुनः सञ्चालन गर्नेबारेमा कतारले तालिवानसँग छलफल गरेको छ । कतारका विदेशमन्त्री अब्दुल्लरहमन अल थानीेले सो जानाकारी दिएका हुन् । कतारले काबुल छोड्न चाहने अफगानीलाई अनुमति दिनसमेत तालिवानलाई सुझाब दिएको छ । 

    images

    ‘विमानस्थल पुनः सञ्चालन गर्न हामीले सक्दो प्रयत्न गरेका छौं । सम्भब भएसम्म चाँडै सञ्चालन हुनेमा हामी आशावादी छौं,’ विदेशमन्त्री थानीले भने । विमानस्थल सञ्चालनबारे आगामी सातासम्म केही सुखद समाचार आउने उनको आशा छ । 

    तोकिएको समयमा स्वदेश फर्किने विदेशी सेना र उनीहरुसँगै जान चाहने अफगानीका  कारण काबुलको हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त बनेको थियो । विदेशी सेनाले अफगानिस्तान छाडेपछि पहिलो पटक कतारको राजधानी दोहाबाट प्राविधिकहरुको समूह बोकेको जहाज बुधबार काबुल पुगेको थियो ।  

    images