शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रोनाल्डोले छोडे म्यानचेस्टर युनाइटेड

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 393
    SHARES
  • रोनाल्डोले छोडे म्यानचेस्टर युनाइटेड

    काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आपसी सहमतिमै म्यानचेस्टर युनाइटेड छोडेका छन् । 

    images

    म्यानचेस्टर युनाइटेडले मंगलबार एक विज्ञप्ति जारी गर्दै रोनाल्डोले आपसी सहमतिमा क्लब छोडेको जानकारी दिएको छ । 

    युनाइटेडले रोनाल्डोलाई क्लबमा दुई स्पेलमा गरेको योगदानका लागि धन्यवाद दिएको छ । क्लबले भनेको छ- ‘ रोनाल्डोले तुरुन्तैदेखि लागु हुनेगरी आपसी सहमतिमै क्लब छोडेका छन् । दुई कार्यकालमा क्लबमा उनले गरेको योगदानका लागि धन्यवाद दिन चाहन्छौं ।’ 

    images

    पछिल्लो समय रोनाल्डोले दिएको एक अन्तर्वार्तापछि म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई बर्खास्त गर्नसक्ने बताइएको थियो । तर आपसी सहमतिमा रोनाल्डो म्यानचेस्टर युनाइटेडसँग अलग भएका छन् । 

    म्यानचेस्टर युनाइटेडले बर्खास्त गर्ने तयारी गरिरहेको भएपनि रोनाल्डोका सुपर एजेन्ट जर्ज मेन्डिजसँग क्लबको सम्बन्ध विग्रिने डरले थप एक्सन नलिएको मिडिया रिपोर्ट आएको छ । 

    रोनाल्डोले युनाइटेड सहमतिमै छोडेपछि अब उनी नयाँ क्लबमा जान स्वतन्त्र भएका छन् । मिडिया रिपोर्टका अनुसार रोनाल्डोलाई बायर्न म्युनिख, चेल्सी जस्ता क्लबले भित्र्याउन सक्ने बताइएको छ ।  

  • सम्बन्धित विषय:

  • # फुटबल