शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साउदीमा सार्वजनिक बिदा

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 220
    SHARES
  • साउदीमा सार्वजनिक बिदा

    साउदी अरेबियाका राजा सलमानले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना विरुद्ध २-१ गोलको ऐतिहासिक पुनरागमन जित निकालेको खुसीमा बुधबार सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

    images

    मंगलबार भएको खेलमा पहिलो हाफमा १-० गोलले पछि परेको साउदी अरबले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्दै जित निकालेको हो । साउदी अरबका लागि सालेह अलशेरी र सालेम अल्दावसारीले गोल गरे । यता, अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले गोल गरे ।

    खेलको १०औँ मिनेटमा नै पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १-० गोको अग्रता दिलाए ।

    images

    उक्त जितसँगै समूह ‘सी’ मा रहेको साउदी अरबले अब पोल्यान्ड र मेक्सिकोसँग खेल्नेछ । यी दुवै राष्ट्रलाई पराजित गरे साउदी अरब समूह विजेता बन्दै नकआउट चरणमा पुग्नेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२