शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कतार विश्वकप : स्पेनको सानदार सुरुवात

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 258
    SHARES
  • कतार विश्वकप : स्पेनको सानदार सुरुवात

    काठमाडौँ । जारी विश्वकप फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ मा स्पेनले शानदार शुरुवात गरेको छ । बुधबार राति भएको खेलमा स्पेनले कोस्टारिकालाई ७-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा शानदार शुरुवात गरेको हो ।

    images

    स्पेनको जितमा फेरान टोरेजले दुई गोल गरेका थिए भने डानी ओल्मो, मार्को असेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक एक गोल गरेका थिए ।

    यो स्पेनको विश्वकपमा अहिलेसम्मकै सबैभन्दा फराकिलो जित हो ।

    images

    उक्त जितसँगै समुह ई मा रहेको स्पेनको ३ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

    यस समुहमा बुधबार नै सम्पन्न खेलमा जापानले जर्मनीमाथि शानदार जित निक्लादै ३ अंक बटुलेको छ । जापान समुहमा दोस्रो स्थानमा रहेको छ ।
     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२