शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कतार विश्वकप ; क्यानडामाथि बेल्जियमको कठिन जित

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 197
    SHARES
  • कतार विश्वकप ; क्यानडामाथि बेल्जियमको कठिन जित

    काठमाडौं ।  कतार फिफा विश्वकप फुटबलमा क्यानडालाई १-० ले हराउँदै बेल्जियमले विजयी सुरुवात गरेको छ । 

    images

    अहमद बिन अलि स्टेडियममा बुधबार राति मिसी बात्सुयीको निर्णायक गोलमा बेल्जियमले महत्वपूर्ण तीन अंक जोडेको हो ।  उनले खेलको ४४औं मिनेटमा गरेका गोल नै निर्णायक बन्यो । 

    यस अघि खेलको ११औं मिनेटमा क्यानाडाका अल्फन्सो डाभिसले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् । उनको पेनाल्टी बेल्जियम गोलरक्षक कोर्टुवाले बचाएका थिए । 

    images

    उक्त जितसँगै समूह एफमा बेल्जियमले तीन अंक जोडेको छ । क्यानाडाको कुनै अंक छैन । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२