शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रशिक्षकको दरखास्त आह्वान

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 180
    SHARES
  • प्रशिक्षकको दरखास्त आह्वान

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि अखिल नेपाल फुटबल संघ एन्फाले दरखास्त आह्वान गरेको छ ।

    images

    बिहीबार एन्फाले एक मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । एन्फाले फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।

    मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ।

    images

    नेपालले मुख्य प्रशिक्षक विना बंगलादेश र पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल कार्यबाहक प्रशिक्षक प्रदिप हुमागाई र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण कार्यबाहक प्रशिक्षक प्रवेश कटुवालको नेतृत्वमा खेलेको थियो ।

    यस्तै एन्फाले टेक्निकल डिरेक्टरका लागि समेत दरखास्त आह्वान गरेको छ । एन्फाले फाइनान्स डिरेक्टर, हेड अफ प्रोकुरेमेन्ट, जुनियर एकाउन्टेन्ट र सिभिल इन्जिनियरको पनि दरखास्त आह्वान गरेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल