शुक्रबार, श्रावण २९ गते २०८३
images
images

स्विट्जरल्यान्डको विजयी सुरुवात

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 232
    SHARES
  • स्विट्जरल्यान्डको विजयी सुरुवात

    काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ मा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ ।  

    images

    बिहीबार अल जानुब स्टेडियममा क्यामरुनलाई १-० गोलले हराउँदै स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको हो ।

    स्विट्जरल्यान्डको जितमा ब्रिल एम्बोलोले निर्णायक गोल गरे ।

    images

    निकै रोमाञ्चक बनेको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको तर दोस्रो हाफमा स्विट्रल्यान्डले गोल गरि खेलमा जित निकाल्न सफल भयो । उसका लागि खेलको ४८औं मिनेटमा साकिरीको पासमा एम्बोलोले गोल गरेका थिए । 

    उक्त जितसँगै स्विट्जरल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ । समूह जी मा रहेको स्विट्जरल्यान्ड शीर्ष स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२