शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कोरिया र उरुग्वेले खेले बराबरी

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 231
    SHARES
  • कोरिया र उरुग्वेले खेले बराबरी

    फिफा विश्वकप अन्तर्गत समूह एचको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

    images

    निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले केहि सुनौलो अवसर सिर्जना गरेता पनि गोल भने गर्न सकेनन् ।

    उरुग्वेले रुस विश्वकप २०१८ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । दक्षिण कोरियाले भने रुस विश्वकपमा साविकको विजेता जर्मनीलाई स्तब्ध पारेको थियो । दक्षिण कोरियाको गत संस्करणको यात्रा समूह चरणमा सीमित भएको थियो ।

    images

    समूह एच मा दक्षिण् कोरिया, उरुग्वे, पोर्चुगल र घाना रहेका छन् । आजै हुने समूह एच को अर्को खेलमा पोर्चुगलले घानाको सामना गर्दैछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२