शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको रोमाञ्चक जित

एक्सप्रेस पाना
मंसिर ९, २०७९ शुक्रबार
  • 249
    SHARES
  • रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको रोमाञ्चक जित

    फिफा विश्वकपमा पोर्चुगलले विजयी सुरुवात गरेको छ । बिहिवार भएको खेलमा पोर्चुगलले घानामाथि ३-२ गोलको रोमाञ्चक जित निकालेको हो ।

    images

    खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।

    घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको हो । जसमा रोनाल्डोले सहजै गोल गरे ।

    images

    उक्त गोलसँगै रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।

    No description available.

    ३७ वर्षीय रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए ।

    यस्तै खेलको ७३ औं मिनेटमा आन्द्रे एयुले गोल गर्दै घानालाई १-१ गोलको बराबरीमा ल्याए ।तर खेलको ७८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए भने खेलको ८० औं मिनेटमा राफायल लियोले गोल गरेपछि पोर्चुगल ३-१ गोलले अगाडि बढाए ।

    त्यसपछि खेलको ८९ औं मिनेटमा घानामा ओस्मान बुकारीले गोल गरेपनि पोर्चुगल ३-२ ले विजयी भयो ।

    उक्त जितसँगै समूह 'एच' को पोर्चुगलले पहिलो खेलमा ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । यता पराजित घाना भने पुछारमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # Ronaldo
  • # फिफा विश्वकप २०२२