काठमाडौं । सर्वाधिक पाँच पटकको विजेता ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ मा विजयी सुरुवात गरेको छ।
बिहीबार राति लुसाइल स्टेडियममा भएको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराउँदै ब्राजिलले विजयी सुरुवात गरेको हो ।
ब्राजिलको जितमा रिचार्लिसनले दुबै गोल गरे ।
उनले खेलको ६२औं मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ७३ औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए ।
उक्त जितसँगै समूह 'जी' को ब्राजिलले पहिलो खेलमै ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यता पराजित सर्बिया अंक विहीन रहदै पुछारमा रहेको छ ।



